डोटीमा जातिय छुवाछूतको सवालमा स्थानीय सरकार तथा दलित अभियान्ता बिच कार्यक्रम सम्पन्न ।

डोटी : जातिय छुवाछूतको सवालमा स्थानीय सरकार तथा दलित अभियान्ता बिच गोलमेच सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

सम सम विकास केन्द्र (ईडिसी) डोटीको सहकार्य र राष्ट्रिय दलित पत्रकार महासंघ डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका शभाहलमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

दलित समुदायमा छुवाछूत सम्बन्धि भएका घटना सम्बन्धित ठाउ सम्म नपुगेरै पिडितले न्याय नपाउने गरेको आज सम्म जतिसुकै कानुन बनेपनी कार्यान्वयन नहुदा जातिय छुवाछूतको अन्त्य हुन नसकेको कार्यक्रमका सहभागीहरुले बताए ।

Sayalb

स्थानीय सरकारले दलित समुदायको विकास तथा विस्तारका लागी आवश्यक नियम कानुन निर्माण गर्नुपर्ने , कुनै पनी किसिमको भेदभाव गर्ने व्याक्तिलाई कानुनी कटगारामा उभ्याउनु पर्ने सम विकास केन्द्र (ईडिसी) का अध्यक्ष तथा कार्यक्रमका शभापती अधिराज विसिले बताउनु भयो।

त्यस्तै कार्यक्रम बोल्दै दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासिले भने नगरपालिकाले आवश्यक नीति निर्माण तयार गरे आर्थिक स्थिति कमजोर भएका दलित समुदायलाई सहयोग गर्दै आएका छौ, ।
आगामि दिनमा पनी नगरपालिकाले दलित समुदायको विकासको लागि आफु पछी नहट्ने, जातीय छुवाछूत अन्त्य गर्न समुदाय स्तरबाट शिक्षा क्षेत्रको विकास गर्नुपर्ने उनले बताए ।

नेपालमा जातिय छुवाछूतको विरुद्धमा कानुन बनेपनी ब्याबहारमा लागु हुन नस्क्दा समुदायमा जातिय छुवाछूतका घटना घट्ने गरेको अधिबक्ता संकर दिप मडैले बताए ।

उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधि सरोकारवाला, दलित अभियान्ता, कानुन ब्याबसायी र पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रमकाे शहरीकरण राष्ट्रिय दलित पत्रकार महासंघका जिल्ला अध्यक्ष नारद नेपालीले गर्नु भएको थियाे ।

Shaileshwori
Loading...