अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ प्रदेश सांसदलाई मुख्यमन्त्री राईले निलम्बन गरे

काठमाडौं : आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना प्रदेश सभा सदस्यलाई प्रदेश १ मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका छन्।

Sayalb

प्रधानमन्त्री केपी ओली समूहमा रहेका उनले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिई १५ जना सांसदलाई तीन महिना निलम्बन गरेका हुन्।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार निलम्बन पर्नेमा प्रदेश सांसदहरुमा उनै प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्य, प्रदेशमन्त्री जीवन घिमिरे, मुख्यमन्त्री राईले बर्खास्त गरेका मन्त्री इन्द्र आङ्बो, विजयकुमार विश्वास, लीलावल्लभ अधिकारी, सावित्राकुमारी रेग्मी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, उपेन्द्र घिमिरे, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन्।

Shaileshwori
Loading...