सायल गाउँपालिकाका ४ वटा बिद्यालयलाइ सर्जिकल माक्स सहित सेनिटाइजर वितरण ।

बिक्रम खड्का/पौष १६, डोटी:  जिल्ला को पश्चिम क्षेत्रमा पर्ने सायल गाउपालिका डोटी का ४ वटा माध्यामिक विद्यालय लाइ स्वास्थ्य सामाग्री बितरण गरियको छ।

मानविय सेवामा अनेकौ प्रयास संस्था कैलाली अन्तर्गत संचालित केयर एन्ड रिलिफ परियोजना मार्फत एक कार्यक्रम का बिच विद्यालय लाइ स्वास्थय सामाग्री वितरण गरियको हो।

Sayalb

सायल गाउपालिका अन्तर्गत जनताजनार्दन माध्यामिक बिद्यालय डौड ,कालिका माध्यामिक बिद्यालय डुङग्रि,भवानि माध्यामिक विद्यालय लुसाकोट,भवानि स्थान माध्यामिक विद्यालय सैनगाउ,का विद्यालय मा पठनपाठन को बेला बिध्यार्थी र शिक्षक लाइ कोविट को जोखिम बाट सुरछित रहने उदेश्यले उक्त सामाग्री बितरण गरियको संस्थाका अध्यक्ष भक्तराज जोशीले ले वताउनु भएको हो ।

 

उक्त पालिकाका ४ वटा बिद्यालय लाइ ३र३ हजार गरि १२ हजार सर्जिकल माक्स र १०र१० लिटर गरि ४० लिटर सेनिटाइजर वितरण गरिएको हो ।आउँदो दिनमा बिद्यालय ले अनुरोध गरेमा आबस्यकता अनुसार बिद्यालय लाइ स्वास्थ सामाग्री, शैक्षिक सामग्री पनि उपलब्ध गराउने अध्यक्ष जोसिले प्रतिबद्धता गर्नु भयो । यो संस्था ले डोटी जिल्लाका ४ वाटा स्थानीय तह सिखर नगर पालिका,सायल गाउपालिका, पुर्विचौकि गाउपालिका र आदर्श गाउपालिका मा विभिन्न छेत्र मा काम गर्दै आइरहेको छ।

Shaileshwori
Loading...