डोटीमा राष्ट्रिय अन्तरधार्मिक सञ्जाल गठन
डोटी: डोटीमा राष्ट्रिय अन्तरधार्मिक सञ्जाल गठन गरिएको छ । जोतिस मुक्तिनाथ जोशीको अध्यक्षतामा ८ सदस्य समिति गठन गरिएको हो । विभिन्न धर्म मान्ने धार्मिक अगुवाहरू सम्मेलित जिल्ला स्तरिय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रेनुका श्रेष्ठ, सचिवमा डिल्लीराज शर्मा, कोषाअध्यक्षमा दिनेश रोकाया रहनु भएको छ । यसैगरी सदस्यहरूमा राजेश भट्ट, टेकबहादुर मगर, गर्भलाल तामाङ र ब्रह्मकुमारी पार्वती भट्ट सदस्य रहनेगरी समिति गठन गरिएको हो ।
समाजमा भएका कुरीति अन्त्य गर्नका लागि धार्मिक अगुवाहरूको सकरात्मक भूमिका सृजना गर्न र अन्तर धर्म सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ सञ्जाल गठन गरिएको हो ।