ओलीको व्यंग्‍य : कार्की बैंक्‍वेटबाट केपी ओलीलाई अध्यक्षबाट निकालिदिने रे!

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उहाँहरूले निर्वाचन आयोगमा आफू आधिकारिक भएको निवेदन हाल्नुभएको रहेछ। हिजो मलाई निर्वाचन आयोगबाट एउटा पत्र प्राप्त भयोु उनले भने, घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन।ु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले क्षमताभन्दा ठूलो सपना देखेको उनले बताए।

Sayalb

ुउहाँहरू गुटको भेला गर्नका लागि कार्की बैंक्‍वेट जानुभएको रहेछ। उहाँहरुको आँट पनि कत्रो ओलीलाई अध्यक्षबाट निकालिदिने रे१ु उनले भने।

ुउहाँहरुले आफू आधिकारिक भएको पत्र पठाउँदा निर्वाचन आयोगका आयुक्त हरु पनि कति हाँस्नुभयो होलाु उनले भने, ुजसको जग्गा हो। जसको घर हो। त्यसले आफ्नो भएको दाबी गर्दै निवेदन हाल्नै पर्दैन।ु

विधि, विधान, संविधान र देशको कानुन अनुसार पार्टी सञ्चालन गरिरहेको हुनाले पार्टीको सबै आधिकारिक अधिकार आफ्नो भएको दाबी गरे। ‘रुखबाट झरेको दुईवटा फलले रुख नै मै हुँ भन्न मिल्छरु’ उनले प्रश्न गर्दै भने।

Shaileshwori
Loading...