प्रचण्ड-नेपाल पक्षिय अनेरास्ववियु डोटी जिल्ला कमिटी भेला सम्पन्न
डोटी : डोटीको सिलगढीमा प्रचण्ड नेपाल पक्षिय अनेरास्ववियु जिल्ला कमिटी भेला सम्पन्न भएको छ । आइतबार अनेरास्ववियुका केन्द्रिय लेखा आयोग सचिव मदन भुलको प्रमुख आथित्यमा भएको भेलाको सभापति अनेरास्ववियु डेटीका कार्यालय सदस्य वीर बहादुर बिष्ट रहेका थिए । त्यस्तै बिशिष्ट अथिती अनेरास्ववियु केन्द्रिय सदस्य वीर बहादुर थापा, अथितीमा राम बहादुर खड्का, अमर साउद रहेका थिए ।
भेलामा बोल्दै अनेरास्ववियुका केन्द्रिय लेखा आयोग सचिव मदन भुलले संविधानमा ब्यबस्था नै नभएको संसद विघटन गरेको प्रती घोर आपत्ती जनाए । गणतन्त्र माथी भएको कु को विरुद्ध सम्पुर्ण युवा विद्यार्थी एक हुन पनि उनले अपिल गरेका छन् । जनताले स्थिर सरकार निर्माण गर्न म्यान्डेट दिएको भए पनि प्रधानमन्त्रिले कसैको कुरा नसुनी संसद बिगठन गरेको आरोप लगाए । अनेरास्ववियु गलतलाई गलत र सहिलाइ सहि भन्ने संगठन भएको भए पनि संयोजक ऐन महरले केपि ओलिको भक्ती गान मात्रै गरेको पनि भुलले आरोप लगाए । विद्यार्थी हक हित सम्बन्धि कार्य गर्न नसकेको उनले बताए ।
उक्त कार्यक्रमको संचालक अनेरास्ववियु कार्यालय सदस्य प्रकाश जोशिले गरेका थिए ।