डाेटीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

Sayalb

डाेटी: डाेटीमा भिरबाट लडेर एकजनाकाे ज्यान गएको छ । दिउसाे गाेरु गाेठालाे गएका पुर्वीचाैकी गाउँपालिका वडा नम्वर २ वाडीका काले भुलकाे ज्यान गएकाे हाे ।

स्थानिय ६० बर्षिया भुल अाईतबार दिउसाे गाेरु गाेठालाे गएका थिए साँझ अबेर सम्म पनि घर नआएपछी परिवारले खोजी गर्दा घरबाट करिब दुई कि.मी काे दुरिमा आज बिहान स्थानीय जाैपुल्ले भिर बाट लडेर मृत अवस्थामा उनी भेटिएको स्थानीय नारद नेपालीले जानकारी दिनुभएको छ ।

मृतक भुलको अन्तीम दाहासंस्कार अाजै गरीने परिवार श्राेतले जनाएको छ ।

Shaileshwori
Bolpatra
Loading...