डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु

निश्चल नरेश बोगटी /डोटी
डोटीमा हानिकारक प्रथा परम्पराहरुको अन्त्यका लागि आजैदेखि आफैबाट शुरुवात गरौ भन्ने नाराका साथ लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु भएको छ । निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकास र लैङ्गिक उत्तरदायी तथा समावेशी स्थानीय सरकार प्रर्वदन परियोजना अन्तर्गत उक्त तालिम बुधबार दिपायलको रिभर साइड होटलमा सुरु भएको हो ।
जुरी नेपालको आयोजना तथा यु एन ओमनको सहकार्यमा बुधबार शिखर नगरपालिकाका एघार वटै वडाका निर्वाचित महिला सदस्यहरुको क्षमता विकास र लैङ्गिक उत्तरदायी तथा समावेशी स्थानीय सरकार प्रर्वदन गर्ने उदेश्यका साथ सो तालिम सुरु गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा डोटीमा कार्यरत सामुदायिक विकास अधिकृत गोमती श्रेष्ठले जानकारी दिनुभयो ।

यो कार्यक्रमले गर्दा महिलाहरुमा नेतृत्व क्षमता बढ्दै गएको तथा हिंसा लुकाएर बस्ने बानी घटेको सो कार्यक्रमका सहभागीहरुले बताउनुभयो ।
कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवि रावलले हिंसा महिलाहरु माथि मात्र नभएर पुरुषहरु माथि पनि हुने गर्दछ त्यसैले हिंसालाई पुर्णरुपमा मुक्त गर्ने क्रियाकलापमा आफू र शिखर नगरपालिका लागिपरेको तथा हिंसा भएका जोकोही नगरपालिकाको न्यायिक समितिमा न्यायका लागि आउन हुन नगरबासिलाई आग्रह गर्नुभयो ।
लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिमको अध्यक्षता नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार शिंह टेलर,प्रमुख अतिथि शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी र विशिष्ट अतिथि शिखर नगरपालिका उपप्रमुख धौलिदेवि रावलले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख तथा उपप्रमुख,सोही नगरपालिकाका कार्यपालिका महिला सदस्य तथा सम्पुर्ण वडाका वडा महिला सदस्य र पत्रकारको सहभागीता रहेको थियो । सो कार्यक्रमलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा कार्यरत क्षमता विकास अधिकृत शंकर विश्वकर्माले सञ्चालन गर्नुभएको थियोे ।
