देश दौडाहामा प्रधानमन्त्री ओली, आज धनगढी आउदै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको कार्यक्रममा सहभागी हुन आज धनगढी आउदै छन्।

नेकपाको ओली पक्षीय सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली धनगढी आउन लागेका हुन्। सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीको खुल्लामञ्चमा दिउँसो १२ बजे जनसभा आयोजना गरेको छ। पार्टी विभाजन भएपछि नेकपाका विभिन्न कमिटीले आयोजना गरेका सांगठनिक कार्यक्रममा ओली निरन्तर सहभागी हुँदै आएका छन्।

Sayalb

अहिलेको मन्त्रिपरिषद्मा सबैभन्दा धेरै मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रममा ओलीको सहभागितालाई महत्वका साथ हेरिएको छ। पार्टी विभाजनपछि आफ्नो संगठन बलियो बनाउन ओलीले आजैदेखि देश दौडाहको सुरुवात गर्दै छन्।

आजको कार्यक्रम तयारीको लागी संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी गएका छन्। ओली समूहका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना कार्यकर्तालाई आफूतिर तान्न र शक्ति प्रदर्शनको तीव्र तयारीमा जुटेका छन्। आज दिउँसो १२ बजे ओलीसहित अन्य केही मन्त्रीहरु पनि धनगढी जाने बताइएको छ।

Shaileshwori
Loading...