प्रतिकुल मौसमका कारण प्रधानमन्त्रीको धनगढी उडान प्रभावित

धनगढीः प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको उडान प्रभावित भएको छ।
शुक्रबार बिहान ८ बजेर १५ मिनेटमा काठमाडौँबाट हुने श्री एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली धनगढी आउने कार्यक्रम तय भएपनि बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको हो।

श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीले प्रतिकुल मौसमका कारण काठमाडौँबाट हुने उडान प्रभावित भएको बताए।
प्रधानमन्त्री ओली नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी आउने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपा ओली समूहले धनगढीमा जनसभा आयोजना गरेको हो।
