२४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना सङ्क्रमित थपिए

Sayalb

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् ।
गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामाकोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ ।
शनिवार थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल २ सय ६२ जनाक्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमानिको हुनेको संख्या २ लाख ५७हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

Shaileshwori
Loading...