पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० सङ्क्रमितको संख्या पुगेको छ ।  त्यसैगरी २४ घण्टामा ५ सय १३ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।

Sagan sahari bhawan nirman aayojana

देशभरी सक्रिय सङ्क्रमितको संख्या भने ४ हजार ४४२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ ।

कोरोना सङ्क्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना रहेको छ ।

Shaileshwori
Loading...