कैलालीका थप एक कोरोना संक्रमितको मृत्यु
कैलाली : सुदुरपश्चमका थप एक जना कोरोना संक्रमितको मुत्यु भएको छ । सेति प्रादेशिक अस्पताल धनगढीको अस्थायी कोरोना अस्पालमा उपचार गराई रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको मृत्यु भएको हो । उनको आईतवार राति मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनी कडा निमोनिया र स्वास प्रस्वासबाट ग्रसित थिए ।