नेकपा ओली समूहको केन्द्रीय कमिटीको स‌ंख्या १५०१ पुग्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी संख्या १५ सय १ पुगेको छ।

गत पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटीको संख्या बढाएको पार्टी केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जनाकारी दिए। यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो।

Sayalb

यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ।

यो संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५ सय १ सदस्यीय भएको छ। त्यस्तै अन्तरपार्टी निर्देशनमा रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ।

अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले दिइएको कार्यकारी अधिकार फिर्ता लिइएको उल्लेख छ।

Shaileshwori
Loading...