४ सय ३० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १ सय ७७ महिला र २ सय ५३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । उनीहरूमध्ये २ लाख ५९ हजार ३५८ जना सङ्क्रमणमुक्त भएका छन् भने १९३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ४०८ संक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २२८० जनाको होम आइसोलेसनमा छन् भने १ सय ५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
