आज माघे संक्रान्ति अर्थात् माघी पर्व यसरी मनाइँदै छ डोटीमा

डोटी: आज माघे संक्रान्ति अर्थात् माघी पर्व स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी डोटीमा मनाइँदै छ ।

नेपालीका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति ९माघे संक्रान्ति० पनि भनिएको हो ।

यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।

सुदुरपश्चिमका पहाडी डोटी लगायतका जिल्लाहरुमा हरिना नाचका लागी हरेक वर्ष पुष १५ देखि नै विभिन्न प्रजातिका दाउराहरु संकलन गरि ढुंगेधारा पधिरा कुवामा संकलन गरि राखिन्छ । माघ १ गतेको दिन उक्त धारा पधेराहरु नुहाई जम्मा गरिएको दाउराहरुको आगो ताप्ने र विहान देखी बेलुकी सम्म घरघर गाँउटोलमा जोगि, गोठालो, पात्तर, झिल्केको रुपमा श्रृगार गरि नाचिने संस्कृति हरिना संस्कृति मान्दै आएको पुर्विचौकी गाँउपालिका वडा नं. २ का युवा मोहन ठकुल्लाले बताए ।

Sayalb

 

 

 
त्यस्तै आजकै दिनमा यहाँका महिलाहरु सृगार पाटार गरी कम्मरमा सेतो पटुका सबैले लगभग एकैनासको लुगा लगाएर एक ठाउमा जम्मा भई रुमाल अथवा तौलिया हातमा लिई पुतला खेल्ने चलन पनी रहेको सोहि ठाउका स्थानिय नारद नेपाली बताए ।

आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । त्यस्तै दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ

Shaileshwori
Loading...