२४ घण्टामा ३ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण 

बितेको २४ घण्टामा नेपालमा थप ३ सय २२ जनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३ सय ७४ जना सङ्क्रमणमुक्त भएको पनि जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६१ हजार ८ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् ।

Sayalb

हाल तीनहजार ८ सय ६१ जनामा कोरोना सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६ सय ४४ रहेको छ । बितेको चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको हालसम्मको सङ्ख्या एक हजार ९ सय ६५ पुगेको छ । ३ हजार ८ सय ६१ जना आइसोलेशनमा र २ सय २१ जना हाल क्वारेन्टाइनमा छन् ।

Shaileshwori
Loading...