स्वास्थ्य कार्यालय डोटी र पत्रकारबिच अन्तरक्रिया कार्यक्रम

तेजु ओली /डोटी
डोटीको स्वास्थ्य अवस्थाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय डोटी र पत्रकारबिच कोभिड–१९ को जोखिम पछि आज अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ । पत्रकार महासंघ डोटी साखाका उपाध्यक्ष धिरेन्द्र चटौतको प्रमुख अतिथि र जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीको अध्यायमा सम्पन्न भएको हो । जिल्लाको समग्र स्वास्थ्य सेवाको आर्थिक वर्ष २०७६/७७ मा भए गरेका सेवा प्रबाह उपलब्धि चुनौतीलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले कोभिड–१९ जोखिम न्यूनिकरणका लागि पत्रकारको भूमिका अझै सक्रिय रहेको जोड दिनुभयो । जिल्लामा सरकारले दिने सुबिधा सेवामा सन्तोष जनक रहेको बताइएको छ । सुदुरपश्चिम प्रदेश सरकाले उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा डोटी स्वास्थ्य कार्यालयलाइ घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख मलासीले कोरोना महामारी जोखिम न्यूनिकरण भइसकेको अवस्था छैन,’‘पछिल्लो समयमा पिसिआर कोरना परिक्षण कार्यलाइ कमि गरेको भएता पनि सरकारले सबै क्षेत्रमा खुकुलो , यस्तो बेला सचेतना अपनाउने र राज्यलाई घचघच्याउन काममा पत्रकार को भूमिका आवश्यक रहेको बताउनु भयो ।
