बुधवारबाट कोरोना खोप लगाईदै, पहिलो चरणमा डोटीका एक हजार ५ सय २६ जनाले खोप लगाउने

डोटी : भोलि अर्थात माघ १४ गतेदेखि नेपालमा पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाईने भएको छ । पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा खटिएका ४ लाखभन्दा बढी अग्रपङ्क्तिका योद्धा (फ्रन्टलाइनर) हरूलाई खोप लगाइँदैछ ।
यसैबिच पहिलो चरण अन्तरगत डोटीका एक हजार ५ सय २६ जनालाई कोरोना विरुद्धको खोप दिईने भएको छ । भोलि माग १४ गते देखी माग १९ गते सम्म ६ दिन लागाएर उनिहरुलाई खोप दिईने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । खोप जिल्ला अस्पताल डोटीबाट दिईने छ ।

पहिलो दिन माग १४ गते स्वास्थ्य कार्यालय डोटीका २३ जना, जिल्ला अस्पताल डोटीका ७५ जना, प्रहरी अस्पताल दिपायलका ३५ जना र सुजंग अस्पताल तथा निजि अस्पतालका ९८ जना गररे दुई सय ३१ जना फ्रन्टलाइनरहरूलाई खोप दिईने स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए ।
त्यस्तै माग १५ गते दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र के.आई.सिंह गाउँपालिकाका दुई सय ३० जना, माग १६ गते बोगटान फुड्सिल गाउँपालिका, पुर्विचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका दुई सय ३५ जना, माग १७ गते दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र के.आई.सिंह गाउँपालिका र जोरायल गाउँपालिकाका तिन सय दुई जना, माग १८ गते बोगटान फुड्सिल गाउँपालिका, पुर्विचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका दुई सय ३५ जना र माग १९ गते बोगटान फुड्सिल गाउँपालिका, पुर्विचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र जोरायल गाउँपालिकाका दुई सय ९५ जना फ्रन्टलाइनरहरूलाई कोरोना खोप लगाईने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
