समयमै वर्षा नहुँदा भोकमरी हुने सम्भावना बढ्यो : बझाङका किसान

शिवजी मण्डेल / बझाङ
बझाङमा समयमै वर्षा नभई दिदा यो वर्ष भोकमरी हुने किसानहरूले बताएका छन् । समयमै वर्षा नहुँदा बझाङका १२ वटै स्थानीय तहका किसान चिन्तामा छन् । वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्ने स्थानमा भोकमरीको संभावना देखिएको हो ।

अहिलेसम्म बर्षा भएको छैन १० मुरी गहुँ फल्ने जमिन बाजै छ । अवत गहुँ छर्ने समय पनि सकियो यसपालित भोकमरी हुन्छ भन्नुहुन्छ थलारा गाउँपालिका वडा नं २ बगाडाका कृषक प्यारू खड्का । उनको भनाइमा दंगाजी लगाएत थलारा गाउँपालिका भरिका अधिकांस खेतीयोग्य जमिन वर्षा नहुँदा बाजै छन् ।

त्यस्तै छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ घट्टे का कृषक गगन बहादुर मण्डेलको भनाइमा यो वर्ष हिउँदे खेती गर्ने बेला वर्षा नहुँदा पाखो जमिन प्राय बाजै छ । पाखो बारीमा गहुँ जहु वा लगाईएको छैन ।
लगाएको ठाउँमा उम्रिएको छैन , उम्रेको पनि सिचाइ नहुँदा सुकेर गइरहेको । त्यस्तै समस्या रहेको बताउँछन् अर्का जयपृथ्वी नगरपालिकाका ७ का हरिचन्द्र बोहरा ।
थलारा गाउँपालिकाका कृषक प्यारू खड्का र छबिस पाथिभेरा गाउँपालिकाका कृषक गगन बहादुर मण्डेल त प्रतिनिधि पात्र मात्रै हुन
यो समस्या त पुरै बझाङका १२ वटै स्थानीय तह बासीको हो ,

Sayalb

अघिल्ला वर्षहरूमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यो वर्षभने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिन्छन् । बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोनाका कारण भारत गएर ज्याला मजदुरी गरि खानेहरू पनि गाउँघरमा फर्किए र गाउँघरमै खेती किसानी गर्न थाल्य तर समयमै पानी परेन गरि खाने वर्गका लागि अहिले धेरै ठूलो संकट परेको छ । खेतबारीमा हेर्ने हो भने पूरै खेतबारी बाजै छ ।
त्यस्तै बजारमा पनि दैनिकि उपभोग्यको मूल्यभाउ आकासिएको हुँदा किसानहरू पीर मर्का र चिन्तामा रहेका बताउछिन्
बित्थडचिर गाउँपालिका कि बिन्दु जोशी ।

यस्तै बुङ्गल नगरपालिकामा पनि गहुँ छर्न नपाएर किसानहरु चिन्तामा छन् । कार्तिक महिनामा लगाउने गहुँ पछि पुष महिना सम्म पनि आकासे पानी नपरेकोले नगरपालिका का खोचेथुम ,गल्लेक, चिल्ठा, धार्मिक स्थल बड्डिज्याबनमा पनि गहुँ नउम्रेको किसानहरुले बताए । आफू रात दिन खेतमा जागराम बसेर धुरि देबताको पुजापाठ गर्दा समेत बर्षा नभएको स्थानीय बाँसिन्दाले बताएको भनी संचारकर्मी बिरेन्द्र बोहराले जानकारी दिए ।

यसैबीच केदारस्यूँ गाउँपालिका वडा नं १ का संचारकर्मी धनबहादुर भण्डारीले जानकारी दिए केदारस्युँ बासीको पनि समस्या उहीँ हो समयमै पानी नपरेको कारण किसान चिन्तित नै छन् ।एकातिर कोरोनाको कहर त छदैछ, त्यसैमाथि फेरि भोकमरी पो हुने हो कि भन्ने चिन्ताले किसानलाई पिरोलि रहेको छ । यो बाध्यत र विवशता स्थानीय सरकारले हेर्ने कि केन्द्रीय सरकारले हेर्ने हामी सर्वसाधारण अन्योलमा छौ । बाँकी सरकार वालाको आशा अपिक्षा राख्छौं भन्छन् केदारस्युँका किसान ।

यहीँ समस्या र यहिँ भनाइ साइपाला, सुर्मा , तलकोट, खप्तड छान्ना , मष्टा, र दुर्गाथली गाउँपालिका बासी किसानको पनि रहेको छ ।
यो बर्ष समयमै वर्षा नहुँदा भोकमरी सुदुरपश्चिमका ९ वटै जिल्लामा हुनसक्ने सम्भावना छ, ।

Shaileshwori
Loading...