खोप अभियानको दोस्रो दिन : एक सय १० जनाले लगाए खोप

Sayalb

डोटी : हिजो बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत डोटीका एक हजार पाँच सय २६ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानको आज दोस्रो दिन दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र के.आई.सिंह गाउँपालिकाका ६८ महिला र ४२ पुरुष गरि एक सय १० जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । पहिलो दिन हिजो एक सय ५६ जना स्वास्थ्यकर्मीहरुले खोप लगाएका थिए । भोलि बोगटान फुड्सिल, पुर्विचौकी, बडीकेदार, आदर्श र सायल गाउँपालिकाका दुई सय ३५ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना खोप लगाईने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...