डोटीमा प्रजातन्त्र दिवसको अबसरमा सरसफाई
डोटीः राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा डोटीमा सरसफाइ कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति डोटीको गेटदेखि शैलेश्वरी मन्दिर सम्म सरसफाइ गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए ।
नेपाल सरकारले प्रजातन्त्र दिवसको अबसरमा फागुन ६, ७ र ८ गते देशब्यापी बिभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने कार्यक्रम अन्तरगत डोटीमा पहिलो दिन सरसफाइ कार्यक्रम गरिएको हो ।
प्रजातन्त्र दिवसको अबसरमा आज जिल्लाभरका सरकारी तथा गैर सरकारी कार्यालय परिसर सरसफाइ गर्ने र प्रजातन्त्र दिवससंग मिल्ने कार्यालयका कार्यक्रम सञ्चालन गर्ने परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । सरसफाइमा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मिहरू र सञ्चारकर्मीहरुको सहभागीता रहेको छ ।
दिबसको अबसरमा फागुन ७ गते बेलुकी दिपावली गर्ने, झण्डा फहराउने लगाएतका कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।