कम्युनिष्ट पार्टीलाई जनमत फापेन – संग्रौला

Sayalb

नेपाल कम्युनिष्ट पार्टीलाई जनमत नफापेको नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलालले बताएकी छन् । कम्युनिष्ट पार्टीलाइ जनताले बिश्वासमा परेर भोट दिएको भएपनी कम्युनिष्टका नेताहरुलाई उक्त जनमत नफापेको बताईन् । डा. संग्रौलाले भनिन् ‘ नेपाल कोरोनाको त्रासमा रहेको बेला नेकपाका शिर्ष नेताहरु ओली, प्रचण्ड र नेपाल आपसी कलहमा ब्यस्त हुनुहुन्थ्यो उहाँहरुलाई जनताको मत प्रति उत्तरदायी बन्ने फुर्सद भएन ।’
नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता संग्रौलाले उक्त कुरा बताएकी हुन ।
के.पी.ओली नेतृत्वको वर्तमान सरकारले गरेको संसद विघटन प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक भएको उनले बताईन् । देशमा व्याप्त कोरोना महामारीमा जनताको पक्षमा काम गर्न नसकेको, ओम्नी समूह र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार बढेको लगाएतका कामले पनि अस्थिरता निम्त्याएको उनले बताईन् ।
जनताको आवश्यकता भनेको स्वास्थ्य, शिक्षा, रोजगार भएको भन्दै सरकारले रेल र पानी जहाजका सपना बाँडेको उनले बताईन् । जसले गर्दा के.पी.ओली सरकारले समृद्धिको टोपी लगाएर शुरु गरेको यात्रा अहिले तुहिसकेको उनको भनाई थियो ।
खास गरी नेपालमा राजनीतिक अस्थिरता पैदा हुनुमा आन्तरिक र बाहिरी चलखेल बढेको उनले बताईन् । नेकपाभित्रको विवादलाई इंकित गर्दै लोकतन्त्रमा कुनै पनि पार्टीमा टुटफुटको स्थिती आउनु राम्रो नभएको पनि उनको भनाई थियो ।
नेपाली काँग्रेस संसद विघटनको विरुद्धमा रहेको बताउँदै सर्वोच्च अदालतको फैसला जस्तोसुकै आए पनि आफुहरुले त्यसलाई मान्न भने तयार रहेको उनले बताईन् । पाँच वर्षका लागि जनताले काँग्रेसलाई प्रतिपक्षीको जिम्मेवारी दिए पनि नेकपालाई भने बहुमत नपचेको उनको धारणा थियो ।

Shaileshwori
Loading...