बाख्रा पाएपछी स्थानीयमा खुसी

लोकेश शिरीष अधिकारी
डोटीको बोगटान फुड्सिल गाऊपालिका ५ धिर्कामाण्डौंका स्थानिय ईसरा बोहरा दम्पत्ति खुसिले गदगद छन । कोरोना महामारीका बिच जीविका चलाउन भन्दै भारत पसेका श्रीमान सन्तोष बोहोरा काम नपायर रित्तै घर फर्केको केहि दिनमा अनुदानमा ३ वटा बाख्रा पाय पछि उनिहरुमा खुसि छायको हो । “दैनिक जीविका चलाउनका लागी भारत गएको थिय, त्यहाँ कुनै काम पाइयन, अव बाख्रा पालेर जीविका चलाउछु,” सन्तोषले भने । घरमा लगायको खेतिपातिले ६ महिना खान पुग्दैन थियो, यसपालि प्रयाप्त पानी पनि नपरेकोले भोकमरी हुने चिन्ता थियो, अव आफु सँग भयको ४ वटा सहित ७ वटा बाख्रालाई जीविकोपार्जनको माध्यम बनाउने ईसरा दम्पत्तिको योजना छ । इसरा भन्छिन, “अनुदानमा बाख्रा पाइयको छ, यो हाम्रा लागि सुनौलो अवसर हो ।” त्यस्तै योजना सुनाउछन, धिर्कामाण्डौका अर्का स्थानिय जवानसिं बोहरा । “अनुदानका ३ वटा बाख्रा बाटै ५०/६० पुर्यायर यसलाई व्यवसायका रुपमा अगाढि बढाउने सोचमा छु,” जवानसिं भन्छन ।

धिर्कामाण्डौंका अर्का स्थानिय सीतादेवी ढोलीको पनि खुसिले भूइमा खुट्टा छैन । बाख्रा पाय पछि सधै खोजमेल गरेर केटाकेटीको पालन पोषण गर्नुपर्ने बाध्यता केही हद सम्म कम हुनेमा उनी आशावादी छन । विमा गर्नका लागि बाख्रा डोर्याउदै गर्दा उनको अनुहारमा झल्केको खुसिको सिमा नै थियन । “सर ! अव त मेरा दुःखका दिन गय, बाख्रा पालेर केटाकेटी हुर्काउछु, श्रीमानले पठायको पैसाले अन्य केही काम गर्छु ” सिता देवी भन्छन । ३ छोरी र १ छोराको आमा सिताका श्रीमान दैनिकी चलाउनकै लागि २ महिना अगाडी भारत पसेका छन ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपाल डोटीले बोगटान फुड्सिल गाऊपालिका सँगको समन्वयमा गाऊपालिका स्थित वडा नम्वर ५ को धिर्कामाण्डौकां २५ घरधुरीलाई निःशुल्क बाख्रा वितरण गरेको छ । हरेक घरधुरीलाई ३ वटाका दरले ७५ बाख्रा र २ बोका वितरण गरेको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताए । वितरण गरियका बाख्राहरुका लागि २५ वटा खोर समेत निर्माण गरि दियको कोषध्यक्ष जोशिले बताए । जीवकोपार्जन पूर्नस्थापनाका लागी जलवायू संबेदनशिल सुशासन परियोजना अन्तर्गत बाख्रा वितरण गरियको परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिनु भयो । वितरण गरियका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय समयमा निरिक्षण गरिने संयोजक रोकायाले बताउनु भयो । सिड नेपाल डोटीले दातृ सँस्थाहरुको सहयोग तथा गाऊपािलका सँगको समन्वयमा बोगटान फुड्सिल गापामा करिव २ सय बाख्रा वितरण गरि सकेको छ ।
