खप्तड मालिका हेलीकोप्टर टुर (फोटो फिचर)

कर्ण चन्द,  डोटी
पर्यटन प्रर्बद्धनका लागी माघ दोस्रो साताबाट सुरु भएको खप्तड मालीका हेली टुरमा आन्तरिक पर्यटकको उल्लेख्य सहभागीता रहेको छ । सुदूरपश्चिम प्रदेशका मूख्य पर्यटकिय तथा धार्मिक स्थलमा घुम्नका लागी खप्तड होम स्टे र माउण्टेन ऐयरले सुरु गरेको हेलिकोप्टर यात्रामा युवा महिला तथा जेष्ठ नागरिकको सहभागीता रहेको छ ।
हिउँदको समयमा यात्रा गर्न कठिन रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड, रामारोशन र धार्मिक स्थल मालिकाको हेलिकोप्टर मार्फत भ्रमणको प्याजेक नै सुरु गरेपछी खप्तड र मालिका दर्शन गर्ने पर्यटकको रोजाईमा हेली टुर परेको हो ।
मालिका दर्शनका लागी जाने अधिकांश जेष्ठ नागरिक रहेको खप्तड होम स्टेका सञ्चालक दिपकबहादुर खड्काले बताए । खड्काले भने ‘खप्तडमा अन्य उमेर समुहका पनि छन्, मालिका जाने अधिकांश जेष्ठ नागरिक छन्, बृद्धबृद्धा आमा बुवाहरुलाई छोरा बुहारीले मालिका दर्शन गराउनका लागी लैजाने गरेका छन् ।’


मालिका दर्शन गर्न पाएकोमा यात्रुहरु पनि मख्ख रहेको छन् । दिपायलका ब्यापारी गणेशदत्त भट्टले भने ‘ ७८ बर्षिय बुवा र ७२ बर्षिय मेरा मुवा बुवाका लागी शाररीक कारणले मालिका र खप्तड भ्रमण अब सम्भब थिएन, मैले उहाँहरुलाई दर्शन गराउन पाउँदा खुसी छु, मुवाबुवाको आत्मले पनि शान्ति पाएको छ ।’
हिउँले सेताम्य रहेका खप्तड र मालिकामा पुग्ने पर्यटकले हिउँ खेलेर आनन्द त लिन्छन् नै त्यसका साथै पुजाआजा पनि गर्ने गदर्छन् । खप्तडको त्रिबेणी र मालिमामा पुजाआजा गर्ने गरेका छन । मालिकाको दर्शन गरे मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेको छ ।

धार्मिक महिनाको रुपमा रहको माघ महिनाको दोस्रो हप्ता सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेको ‘खप्तड- मालिका’ हेली टुर सुदूरपश्चिम भ्रमण गर्ने उदेश्यका साथ सञ्चालन गरिएको पहिलो पटक हो ।
दिपायलबाट खप्तडमा आवत जावत गर्न खप्तड २० मिनेट र मालिकाबाट ४० मिनेट हवाई यात्रा रहेको ठाउँ हेलिकोप्टर उडानका लागी सुरक्षित र भरपर्दो रहेको क्याप्टेन शैलेन्द्र बस्नेतले बताए । क्याप्टेन बस्नेतले भने ‘ नागरिकको पहुँचका लागी भाडा अझै सस्तो हुन आबश्यक छ, खप्तडमा एक पटक हेलिकोप्टर ल्याण्ड गरेको ३५ सय कर तिर्नु पर्ने हुन्छ सरकारले उक्त शुल्क छुट दिन आबश्यक छ ।’ ५ जना सिट क्षमता रहेको उक्त हेलिकोप्टरदे खप्तड यात्राका लागी दश हजार र मालिका भ्रमणका लागी प्रतिब्यक्ती २७ हजार शुल्क लिने गरिएको छ ।

तिन सय जनाले गरेका खप्तड मालिका भ्रमण
खप्तड मालीका हेली टुरमा तिन सय ३ जनाले खप्तड तथा मालिकाका भ्रमण गरेको खप्तड होम स्टेका सञ्चालक दिपक खड्काले जानकारी दिए । दिपायल, साँफेबगर, नेपालगंजबाट गरिएको उडानमा खप्तड, मालिका, रामारोशन लगाएतका ठाउँमा भ्रमण गरेका हुन ।
सुदूरपश्चिम प्रदेश तथा देशका बिभिन्न स्थानबाट आएका पर्यटकले हवाई उडान भरेका हुन । छिनछिनमा मौसम बद्ली रहने खप्तड र मालिकामा मौसमी प्रतिकुलताका कारण पैदल यात्रा गरेर तिर्थाटन् गर्न सम्भब नभएपनी हेलिकोप्टर यात्रा मार्फत दर्शन सम्भब भएको हो । खप्तड होम स्टेका सञ्चालक खड्काले भने ‘सुदूरपश्चिम प्रदेशमा हवाई पर्यटनको राम्रो सम्भाबना छ, यस पटक नाका नखुलेका कारण भारतिय पर्यटक आउन नसकेको भएपनी नाका सहज हुने बित्तिकै भारतिय पर्यटक पनि यसका लागी आर्कर्षित छन् ।’


माउण्टेन ऐयर र खप्तड होम स्टेको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हेलिकोप्टर टुरको यस अबधीमा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहा र बन तथा पर्यटन मन्त्री माया भट्ट सहित खप्तड क्षेत्रको पर्यटकी बिकासमा चाँसो राख्ने ब्यक्ती तथा सर्ब साधारणको उक्त टुरमा हसभागीता रहेको दिपक खड्काले बताए ।
खप्तड मालिका भर्जिन ल्याण्ड मूख्यमन्त्री : भट्ट
खप्तड र मालिका सुदूरपश्चिम प्रदेशका भर्जिन ल्याण्ड रहेको सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलाचन भट्टले बताए । खप्तड र मालिका पर्यटकिय मात्र हाईन धार्मिक आस्था र बिश्वासका धरोहर हुन यसको बिकास र प्रर्बद्धनमा जोड दिन अहिलेको आबश्यकता हो । भट्टले भने ‘खप्तडको बिकासका लागी पर्यटन समिति पनि गठन भएको छ, हामीले अब पर्यटकको सहज आवागमनको ब्यबस्था गछौँ, हामीले खप्तडको बिकासलाई प्राथमिकता राखेर काम गछौँ ।’

Sayalb

बर्षमा एक पटक मात्र मेलामा सुदूरपश्चिमका नागरिकहरु खप्तड र मालिका पुग्ने गर्छन्, बर्षको अन्य समयमा हामी जाँदैनौँ र प्राकृतिक हिसाबले पनि जान सक्ने अवस्था छैन । भट्टले भने ‘यो मौसम पैदल यात्राका लागी प्रतिकुल समय भएपनी, खप्तड होम स्टे ले सुरु गरेको हेलीकोप्टर टुरले सम्भब हुने छ । खप्तडको पर्यटन प्रर्बद्धनमा सहयोग गरेको खप्तड होम स्टे र माउण्टेन ऐयरलाई धन्यबाद छ ।’


सम्भाबना ढोका खुल्यो : खड्का
सुदूरपश्चिम प्रदेशमा हेली टुरको राम्रो सम्भाबना छ भन्ने कुरा स्पस्ट भएको खप्तड होम स्टेका सञ्चालक तथा होटल ब्यबसायी संघका प्रदेश अध्यक्ष दिपकबहादुर खड्काले बताए । खड्काले भने ‘यो प्रदेशमा हालसम्म हेलिकोप्टरको बेस छैन कुनै समस्या पर्दा काठमाण्डौंबाट ल्याउनु पर्ने अवस्था छ, यहाँ आन्तरिक पर्यटन प्रर्बद्धन र उद्धारका लागी पनि हेलिकोप्टरको बेस सुदूरपश्चिम बन्न सक्छ भन्ने कुरा देखियो ।’


हेलीकोप्टर टुरले स्रोत भएका ईच्छाशक्ती भएका ब्यक्तीहरुको प्रसिद्ध धार्मिक स्थल घुम्ने अबसर प्रदान गर्न सकेकोमा खुसी समेत ब्यक्त गरे । उनले भने ‘ हाम्रो यो हेली टुर प्याकेज जेष्ठ नागरिकलाई खुसीको प्याकेज भयो, ८० बर्षसम्मका बृद्धले मालिका र खप्तड भ्रमण गरेका छन् ।’ खप्तड मालिका हेली टुरले आन्तरिक पर्यटन प्रर्बद्धनक साथै प्रचार प्रशारको ढोका खुलेको छ ।

फोटो सौजन्य : दिपकबहादुर खड्का

Shaileshwori
Loading...