दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा सिकर्मी सम्बन्धि तालिम सुरु
तेजु ओली डोटी- दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा सिकर्मी सम्बन्धि तालिम सुरु भएको छ। आज औपचारिक कार्यक्रमको आयोजना गरी दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिबराज खड्काको प्रमुख अतिथिमा र वडा नम्बर दुइका वडा अध्ययक्ष राजेन्द्र खड्का अध्यक्षतामा कार्यक्रमको उदघाटन गरिएको हो।
दिपायल सिलगढी नगरपालिका वडा नं २ को आर्थिक सहयोगमा न्यु स्टार कास्ठ तथा स्टिल फर्निचर उधोग पिपल्ला को आयोजनामा सन्चालित तालिम सिकर्मी तालिम ३ महिना सम्म चल्ने भएको हो ।
उक्त तालिममा दिपायल सिलघडि नगरपालिका का वडा नम्बर दुइका स्थानिय युवाहरु रहेको जनाएको छ ।
बिस्वभरि फैलिएको कोरोना महाँमारिको कारणले प्रेदेशमा काम गर्दै आएका युबाहरु स्वदेश फिर्ता भएपछि उनिहरुलाई स्वदेशमै काम पाउन र आत्म निर्भर बनाउँने उदेश्येले तालिम दिन लागेको वडा अध्ययक्ष राजेन्द्र खड्काले बताउनु भयो। हातमा सिपभएपछि नतडपिनु पर्ने बताउदै वडाका धेरै युवाहरु यस तालिम बाट आत्मनिर्भर हुने कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका का उप प्रमुख सिबराज खड्का ले बताउनुभयो।