डोटीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम

Sayalb

मुलुक समाचार
जिल्ला अस्पताल डोटीको आयोजनामा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सुरु गरिएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा जिल्ला अस्पतालका डाक्टर गाउँमै पुगेर चेकजाँच तथा उपचार गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
जिल्लाको जोरायल गाउँपालिकामा पहिलो चरण जोरायल गाउँपालिकामा गरिएको हो । ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन सोमबार मात्र १ सय ९८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला अस्पताल डोटीका ना.सु लोकेन्द्र बिष्टले जानकारी दिएका छन् । शिबिर मंगलबार पनि चल्ने आयोजकले जानकारी दिएको छ । सेवा लिनेहरुमा १ सय ५७ जना महिला र ४१ जना पुरुष रहेका छन् ।
जिल्ला अस्पतालका चिकित्सकहरु डा.ज्योती पाण्डे, डा. प्रकाश ठकुल्ला र डा.सोहन कुमार साहले चिकित्सकीय सेवा उपलब्ध दिईरहेका छन् । उक्त कार्यक्रममा भिडियो एक्सरे, ईसिजी, एक्सरे, प्रयोगशाला सेवा र निशुल्क औषधि सेवा प्रदान गरिएको नायब सुब्बा बिष्टले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...