भिरबाट खसेको ढुङ्गा लाग्दा एक बालिकाको मृत्यु

प्रेम नेपाली फाल्गुन १८ डोटी

Sayalb

डोटीको सायल गाउँपालिका वडा नं.- १ छपाली पुजारागाउँकी ११ बर्षिय समिक्षा पुजारा भिरबाट खसेको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ । जङ्गलबाट बाख्रा चराउन गएकी समिक्षाको टाउकोमा ढुङ्गा लाग्दा मृत्यु भएको स्थानीय बल बहादुर पुजाराले जानकारी दिए ।
सायल गाउँपालिका वडा नं. १मा रहेको तेडी महादेव आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत समिक्षा विद्यालय बिदा भएपछी खाजा खाएर बाख्रा ल्याउन हिडेको समयमा समिक्षाको टाउकोमा ढुङ्गा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बुवा जय बहादुर पुजारा र आमा जमुना पुजाराको आठौं सन्तानको रुममा रहेकी कान्छी छोरी समिक्षाको मृत्यु भएको हो । बाख्रा ल्याउने क्रममा उनीसंगै दुई जना अरु साथीहरु रहेपनी उनिहरु भने सकुशल रहेको स्थानीयले बताएका छन् ।
समिक्षाको हिन्दु परम्परा अनुसार भोली अन्त्यष्टी गर्ने कार्यक्रम रहेको बलबहादुर पुजाराले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...