स्वास्थ्य चौकीलाई गाउँपालिकाद्धारा ल्याप्टप र प्रिन्टर वितरण

किरण धामी /डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकाले गाउँपालिकाका सात ओटै वडाका स्वास्थ्य चौकीलाई ल्याप्टप र प्रिन्टर वितरण गरेको छ । सातै स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुखहरुलाई आज एक/एक थान ल्याप्टप र प्रिन्टर वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष भगवति बमले जानकारी दिनुभएको छ । अहिलेको युगमा सबै कुराहरु अनलाईबाट हुने गर्दछन्, स्वास्थ्य चौकीबाट प्रवाह हुने कामकाज छिटोछरीतो र सरल तरीकाले सम्पन्न गर्न सजिलो होस् भन्ने उदेश्यले उक्त सामाग्री वितरण गरिएको उपाध्यक्ष बमले बताउनु भयो ।

Sayalb

गाउँपालिकाले गरेको यो सराहनिय कार्यले काम गर्ने थप मनोवल बढेको चवराचौतारा स्वास्थ्य चौकीका प्रमुख प्रकास विकले बताउनुभएको छ । स्वास्थ्य चौकीहरुले मासीक, त्रैमासिक रिपार्ट बुझाउने लगायतका काम अनलाईनबाट रिपार्टिङ गर्नु पर्ने हुन्छ । अव उक्त काम गर्न केही सहज हुने स्वास्थ्य चौकी प्रमुखहरुले बताएका छन् । सामाग्री वितरण कार्यक्रमा गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला, उपाध्यक्ष भगवति देवि बम, गाउँपालिका स्वास्थ्य इकाई प्रमुख प्रेम बोगटी सातै स्वास्थ्य चौकीका प्रमुख लगायतको उपश्थिति रहेको थियो ।

Shaileshwori
Loading...