डोटीमा ‘म हिडछु मेरो प्रदेश हिड्छ’ अभियानको सूरुवात
तेजु ओलि /डोटी
डोटीमा म हिडछु मेरो प्रदेश हिडछ अभियानको सूरुवात भएको छ । सरकारी कर्मचारीको स्वास्थ्य चेकजाच गर्ने उदेश्यले सुदुर पश्चिम प्रदेस सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थय कार्यलय डोटीको सहयोगमा जिल्लामा यो अभीयान सुरु भएको हो । अभियानको आज पहिलो दिन जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधीकारी भिम प्रशाद भट्टराइ, सहयाक प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतका कार्यालयका कर्मचारीहरुको स्वास्थ्य जाँच गरि उद्घाटन गरीएको छ ।
जिल्ला प्रशासन कार्यलय बाट सूरु भएको यो अभीयान जिल्लाका सबै सरकारी कार्यलयमा गएर कर्मचारीको नसर्ने रोगसम्बन्धी प्यारामीटर हेरेर परामर्श दीने जिल्ला स्वास्थ्य कार्यलय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । यस अभीयानले मान्छेलाइ अल्छी हुनु हुदैन भन्नेर सचेत गर्नको लागी पनी अबश्यक रहेको बताउनु भयो । कर्मचारी लाइ पनी बिभीन्न खातका रोगहरु हुन सक्ने भएकाले समयमै पहीचान गरी त्यस बाट बच्नका लागी यसले सहयोग गर्ने बताइएको छ । आज प्रशासन कार्यलयका कर्मचारीहरु प्रमुख जिल्ला अधीकारी भिम प्रशाद भटराइ, सहायक प्रमुख जिल्ला अधीकारी किरण जोशी,लगायतका कर्मचारकिो प्रेशर, बिएमआइ, तौल, उचाइ, केटीनाइन, गुल्कोज लागयत चेकजाच गरेको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।