मिना हत्या प्रकरण : हत्या अभियोगमा परिवारका चार सदस्य थुनामा

Sayalb

डोटी : दिपायल सिलगढी नगरपालिका वडा नं. २ पुनेपाटाकी २२ बर्षिय मिना ढोली हत्या प्रकरणमा श्रीमान् ससुरा सहित एकै परिवारका चार जना सदस्यलाई पुर्पक्षका लागी थुनामा राखिएको छ । फागुन ६ गते मिनाको घरमै घाँटी थिचेर हत्या भएको घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्य समेत पुर्पक्षका लागी थुनामा राखिएको हो ।
हत्यामा संलग्न भएको भएको र हत्यामा सघाउ पु¥याएको भन्दै श्रीमान् प्रकाश दमाई, ससुरो प्रिमे दमाई, सासु दुर्गा दमाई र दुर्गाको बहिनी रम्भा दमाईलाई पुर्पक्षका लागी थुनामा राख्न जिल्ला अदालत डोटीले फैसला गरेको छ ।
घटनाका सम्बन्धमा मंगलबार जिल्ला अदालत डोटीले परिवारका ४ जना सदस्यलाई पुर्पक्षका लागी जिल्ला थुनामा राख्न आदेश दिएको हो । हत्याभएपछी घटना लुकाउने प्रयास परिवारका सदस्यले गरेका कारण परिवारका सदस्य पनि दोशी देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दानबहादुर मल्लले बताए ।
के भएको थियो घटनाको दिन ?
फागुन ६ गते बिहान ८ वजे मीनाले घास काट्न गईन् । उनी २ वजे मात्रै घर फर्किईन् । ‘मैले यति ढिलो किन गरेको भनेर सोधेँ, उनी झर्केर बोल्न थालिन्’ प्रकाश भन्छन् ‘आमाबुवाले उनलाई सम्झाउँन खोज्दा उल्टो आमाबुवालाई समेत गालीगर्न थालिन् ।’ परिवारका सदस्यहरु बीच भनाभन् भयो, सकियो ।
साँझ खाना खाईवरी प्रकाश लगायत परिवारका सदस्यहरु गफगर्न थाले । मीनाकोठामा सुत्नगईन् । केही बेरपछि प्रकाशकोठामा गए । दिउसोकै कुरामा फेरी दुवैको बिवाद सुरु भयो । प्रकाश भन्छन् ‘उनले आमा छोएर गालीगरिन्, म आवेशमाआएँ, त्यसपछि कसरी घटना भयो थाहभएन ।’ उनी थप्छन् ‘जस्तै झगडा भएपनि आफ्नै श्रीमतीलाई मार्न त कसले चाहान्छ र ? तर के के भयो थाहै भएन ।’
प्रहरीका अनुसार प्रकाशले पहिले घाँटी च्यापेर मीनाको हत्या गरे । त्यसपछि उनकै दुपट्टाले उनलाई झुण्ड्याए, अनि ‘मीनाले पासो लगाई’ भन्दै आमाबुवालाई खवर गरे । प्रकाशका बुवा प्रिमेले हत्त न पत्तहसियाले दुपट्टा काटे, उनलाई जीउदै छ भन्ने आशथियो ।
तर, उनको पहिल्यै हत्या भईसकेको थियो । परिवारमा सल्लाहभयो,अव के गर्ने ? अनि मुटु दुखेको वहानावन्यो । सोही सूचना छिमेकलाई पनि गयो, मृतकका माईतीलाई पनि । पहिल्लै देखिको खटपटका कारण माईतीपक्ष यो वहाना मान्न तयार भएन ।
प्रेम बिवाहगरि अन्तमा हत्या वा आत्महत्यागर्ने घटनाहरु बढ्दै गएको डोटीका प्रहरी प्रमुखप्रहरी उपरीक्षक दानवहादुर मल्ल वताउँछन् । ‘फोनबाटै सम्वन्ध हुन्छ, त्यो सम्वन्ध प्रेममा परिणत हुन्छ’ मल्ल भन्छन् ‘बिहे हुन्छ, अनि बिस्तारै खटपट सुरु हुन्छ र ज्यानजाने अवस्थासम्म पुग्छ ।’

एकै बर्षमै प्रेम बिवाहदेखि हत्यासम्म
दिपायल सिलगढी नगरपालिका–२ पुनेबाटाका प्रकाश ढोली उमेरले करीव २६ बर्षका थिए । सानै उमेरदेखि रोजगारीका लागि भारत आउजाउ गर्ने प्रकाशको बिहे भएको थिएन । २०७६ साल कात्तिकमा प्रकाश की काकी नाता पर्नेले पूर्वीचौकी गाउँपालिका–४ कि २२ बर्षीया मीना ढोलीसंग भेटघाट चिनजान गराईदिए ।
प्रकाश र मीनाको फोन सम्वाद सुरु भयो । उक्त सम्वाद बिस्तारै प्रेम सम्वन्धमा परिणत भयो । लामो लामो कुराकानी हुन थाल्यो । कुरा बिहे गर्ने तहमा पुग्यो । ‘गते त मलाई ठ्याक्कै थाह छैन तर २०७६ माघको अन्तिम तिर हो’ प्रकाश भन्छन् ‘हामी भागेर कैलालीको धनगढी गयौं, उतै बिहे ग¥यौं ।’ धनगढीमै आफन्तको घरमा उनीहरुले १५÷१६ दिन बिताए । त्यस पछि पुनेबाटाकै घरमा प्रकाशले मीनालाई भित्र्याए ।
करीव तीन महिनासम्म दुवैको सम्वन्ध राम्रै थियो । एकअर्काप्रति औधी माया, मिठा कुरा, मिठै सपना । तर बिस्तारै उनीहरुको सम्वन्धमा चिसो पस्यो । कारण थियो फेसबुक । “फेसबुकमा अरु केटीसंग किन कुरा गर्छस् भन्न थालीन्” प्रकाश भन्छन् ‘उनलाई मैले कुनै केटीसंग कुरा गरेकोमा पनि रिस उठ्न थाल्यो ।’ बिस्तारै मनमुटाव बढ्दै गयो ।
बिहे भएको पाँच महिनामै मीनाले घर छोडेर माईत गईन् । प्रकाशले करीव डेढ महिना पछि मीनालाई ल्याएर आए । बिवाद अलि साम्यभए जस्तो भयो । बिश्वव्यापी कोरोना महामारीका कारण भएको लक डाउन अलि खुकुलो भएपछि प्रकाशले रोजगारीका लागि भारत जाने सोच बनायो । मीनाले पनि स्वीकृति दिईन् । गत भाद्रमा प्रकाश रोजगारीका लागि भारत गए । उनीगएको महिना नकट्दै मीना फेरी माईत गईन् । त्यति वेला मीनाले आफुलाई परिवारका सदस्यहरुले दुःखदिने गरेको वताएकी माईतीहरु वताउँछन् ।
सोही अवधीमा मीनाले पेटमा भएको तीन महिनाको बच्चा गर्भपतन गराएको प्रकाशको आरोप छ । करीवदुई महिना माईत बसेर मीना घर फर्किईन् । सो बिचमा प्रकाश र उनको एक÷दुई पटक मात्रै फोनमा कुराकानी भयो । माघमा प्रकाश पनि घर फर्किए । उनी आएपछि केही दिन फेरी राम्रै सम्वन्ध रह्यो तर पहिल्यैदेखि चिसिएको सम्वन्धमा फेरि दरार आउन सुरु भयो ।
प्रहरीको सक्रीयताले घटना मोडिन पाएन
गत फागुन ७ गते बिहान ८ वजे जिल्ला प्रहरी कार्यालय, डोटीमा फोन आयो । फोनमा जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ पुनेबाटामा छोरीको संकास्पद् मृत्यु भएको मृकतका बुवा पूर्वीचौकी गाउँपालिका–४ का दिलै ढोलीले जानकारी दिए । हतारपतार प्रहरी टोली घटनास्थल पुग्यो ।
मृतकका श्रीमान्, परिवारका सदस्यहरु, छर छिमेकका सवैले ‘राती खाना खाएपछि उनी एका एक मुटु दुख्यो भन्दै रुन थाल्नि, केहीबेरमै मृत्यु भयो’ भने । प्रहरीले पनि प्रारम्भिक सोधपुछमा हत्या हो वा बिरामी भएर मृत्यु भएको हो ठम्याउन सकेन । लास हेर्दा हत्या जस्तो पनि लागेन । शव परीक्षण गराउन जिल्ला अस्पताल डोटी ल्याइयो ।
मृतकका माईती पक्षले हत्याको आशंका गर्दै छानविन गरि पाउँ भनी प्रहरीमा जाहेरी दियो । प्रहरीले अनुसन्धान सुरु ग¥यो । शव परीक्षण प्रतिवेदनले महिलाको मृत्यु घाँटी थिची निसास्सिएर भएको देखायो । प्रहरीको अनुसन्धान श्रीमान् तिर तेर्सियो । अन्तःउनले कसुर स्वीकार गरे । घटनालाई अनेकन तर्फबाट मोड्ने प्रयासहरु भएको भएपनी प्रहरीको समयमै घटनास्थलमा उपस्थिती भएका कारण घटनाको वास्तबिकता बाहिर आउनका लागी सहजता भएको हो ।

Shaileshwori
Loading...