एमाले सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अध्यक्ष माधब समुहको भेलामा उपस्थित


डोटी : सुदूरपश्चिम प्रदेशबाट माधब समुहको भेलामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका अध्यक्षहरु सहभागी भएका छन् । नेकपा एमालेको माधब नेपाल समुहले काठमाण्डौँमा आयोजना गरेको राष्ट्रिय भेलामा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्य ६ जिल्लाका अध्यक्षहरुको सहभागीता रहेको हो ।
भेलामा डोटी जिल्ला अध्यक्ष चक्र मल्ल, डडेल्धुरा अध्यक्ष डा. तारा जोशी, अछाम अध्यक्ष शेरबहादुर कुँवर, कैलाली अध्यक्ष दिर्घ सोडारी, कञ्चनपुर अध्यक्ष तारा लामा तामाङ र बझाङ अध्यक्ष दिलबहादुर सिंह भेलामा उपस्थित भएका थिए । बन्दसत्रमा सुदूरपश्चिम प्रदेशका तर्फबाट भानुभक्त जोशीले सुदूरपश्चिमको अवस्था बारे प्रतिबेदन प्रस्तुत गर्दै माधब -खनालको पक्षमा ससक्त उपस्थिती रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको एमाले नेता सागर भट्टले जानकारी दिनु भएको छ ।
