डोटीको के.आइ.सिंह गाउँपालिकामा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

तेजु ओली/ डोटी
डोटीको के.आइ.सिंह गाउँपालिका वडा नम्बर ४ वायलमा रहेको झिमेमालिका माद्यामिक विद्यालयमा निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सन्चालन भएको छ । जिल्ला आयुर्बेदिक स्वास्थ्य केन्द्र डोटी कार्यालयको आयोजनमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य सिविर सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर साहीको अध्यक्षता, उपाध्यक्ष मिना बिष्टको प्रमुख आतिथ्यतामा तथा जिल्ला आयुर्बेद कार्यालय डोटीका प्रमुख बिध्या देउवा घिमिरेको बिशिष्ट आतिथ्यततामा रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै गाउँ पालीका का अध्यक्ष साहिले आयुर्बेदिको फाइदाको बारेमा बताउनु हुँदै मान्छे ले यस्को प्रयोगमा बृद्धि गर्नु पर्ने बताउनु भयो। गाउँ पालीका मा आयोर्दबेद औस्धालयको स्थापना भएपछि धेरै मान्छेले यसबाट लाभ लिएको बताउनु भयो।यसको साइड इफेक्ट नभएकाले सन्बैले यसको बारेमा प्रचार प्रसार गरी प्रयोग मा बृद्धि गर्नु पर्ने मा जोड दिनुभयो ।

Sayalb

दुई जना आयुर्वेद विशेषज्ञ डाक्टरहरु रोशन बाश्कोटा र खगेन्द्र उपाध्यय बाट निशुल्क स्वास्थ परिक्षण गरिएको शिबिरमा हाडजोर्नी तथा अम्ल पित्त मा बढि बिरामी आएका डाक्टर बाश्कोटाले जानकारी दिनुभएको छ।उक्त सिनिरमा मधुमेह , अम्ल पित्त ,हाडजोर्नी नशा, बाथरोग, पाइल्स, पिनास, पत्थरी तथा पेटरोग सम्बन्धी चेकजाचं निःशुल्क आर्युबेदिक औषधि बितरण गरिएको थियो । एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको कार्यालय प्रमुख बिध्या घिमिरे देउवाले विश्वास गर्नुभयो ।

जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो”, उहाले भन्नुभयो । शिविरमा अधिकांश बिरामीमध्ये हाड–जोर्नी सम्बन्धी तथा पत्थरी भएका बिरामीहरु आएको स्वास्थ्य परिक्षणको लागी दिनभर नै घुईचो लागेको थियो । के आइ सिंह गाउँ पालिका का अध्यक्ष लोकेन्द्र बहादुर साही उपाध्यक्ष मिना देबि बिष्ट वडा नम्बर चारका वडा अध्यक्ष जयलाल धामी, उक्त झिमेमालीका माध्यमिक सहायक प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठ लगायत को सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...