जातिय बिभेद अन्त्य गर्न कानुनको पुर्ण कार्यन्वयन आबश्यक :दलित अधिकारकर्मी

डोटी :  जातिय बिभेद अन्त्य गर्नका लागी सरकारले कानुनको पुणर् कार्यन्वयन गर्नु पर्ने दलित अधिकारकर्मीहरुले बताएका छन् । ५६औं अन्तराष्ट्रिय जातीभेद तथा रंगभेद उन्मुलन दिबशको कार्यक्रममा बोल्दै डोटीका दलित अधिकारकर्मीहरुले बताएका हुन ।
डोटीमा क्रियाशिल गैर सरकारी संस्थाहरु सम विकास केन्द्र नेपालको नेतृत्वमा दलित महिला संघ (फेडो), राष्ट्रिय दलित समाज कल्याण संघ, राष्ट्रिय मुक्त हलिया समाज लगायतका दलित अधिकारका क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्थाको आयोजनामा जिल्ला सदरमुकाम सिलगढीमा बृहत र्‍यालीको आयोजना गरिएको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।
ईन्द्रचोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय डोटीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई अधिकारकर्मीहरु शंकरदिप मडै, गैसस महासंघ डोटी अध्यक्ष रघु कठायत, कुमार सिंह टेलर, खगेन्द्र टेलर, सिता वि.क.लगाएतका बक्ताहरुले सम्बोदन गरेका थिए ।

Sayalb


बोल्ने अधिकांस बक्ताले भएका मौज्दुता कानुनको प्रभाबकारी कार्यान्वयन अहिलेका आबश्यकता रहेको बताएका थिए । कार्यक्रमको क्रममा लगायतका अगुवाहरुको नेपाली समाजमा अहिले पनि जातका आधारमा भेदभाव र छुवाछुत कायम रहेको र दलित समुदायले अमानविय व्यबहार सहनु परेकाले नेपालको संविधान, एैन कानूनको व्यहारी कार्यान्वयनमा सरकारका सम्बन्धित निकायहरु पुणर् रुपले जवाफदेही र प्रतिबद्ध हुनु पर्ने । जात र रंग लाई होईन मान्छेलाई सम्मान गर्नु पर्ने, छुवाछुतका घटना र उजुरी मुद्धालाई प्रक्रियागत रुपमा कानूनी उपचार गरि पिडीतलाई न्याय दिनु पर्ने लगायतका सुझाव सहीत राजनैतिक दल, नेपाल सरकार र स्थानिय सरकारले सामाजिक रुपान्तरण र न्यायपुणर् समाजका लागी कानूनी कार्यान्वयन र सचेतनामुलक जागरण कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए । कोणसभा कार्यक्रमको सम बिकास केन्द्रका अध्यक्ष अधिराज वि.सी.ले सञ्चालन गर्नु भएको कार्यक्रममा दलित महिला संघ डोटीका कार्यक्रम संयोजक योगेश बहादुर मल्लले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Shaileshwori
Loading...