मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन


धनगढी : मोहन्याल गाउँपालिकाका कैलालीका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ ।
अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूणर् न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।
