डोटीका ९ वटै स्थानिय तहलाइ बाल श्रम मुक्त बनाउने अभियान सुरु

तेजु ओली/डोटी– डोटीका ९ वटै स्थानिय तहलाइ बाल श्रम मुक्त बनाउने अभियान मा स्थानिय तह जुटन लागेका छन । बालबालिका समाजमा बिभिन्न उधोग कलकारखाना सडग निर्माण लगायतका क्षेत्रमा अझै पनि स्ररमीकको रुपमा राखेको भएकाले यसबाट मुक्त गरी स्थानीय तहनै बालस्रममुक्त बनाउने अभियान मा डोटीका स्थानीय तहहरु लागेका छन् ।

आज दिपायल सिलगढी नगरपालिका को सभाहलमा युनिसेफको सहयोगमा तथा स्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को आयोजनामा जिल्ला समन्वय समिति डोटी का प्रमुख राम बहादुर एैर को प्रमुख अतिथि, दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी को अध्यक्षमा र जिल्ला का ९ वटै स्थानिय तहका प्रतिनिधिको आतिथ्यता , रहेको थियो।

 

Sayalb

उक्त कार्यक्रममा बोल्दै बर्तमान मा बालबालिका लाइ स्ररममा लगाउदा भविश्य मा समस्या भोग्नु पर्ने हुदा बालबालिका लाइ स्रममा‌ नराख्नु पर्ने श्रम तथा रोजगार मन्त्रालय का उप सचीव कल्पना श्रेष्ठले बताउनुभयो।

 

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले बिकास निर्धारण गरिएका सूचकहरूको आधारमा स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने भएको हो।

सङ्घीयताको कार्यान्वयनपछि विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएकाले सोही संरचनाअनुरुप सूचकहरू तयार पारिएको मन्त्रालय का सचिवले जानकारी दिनुभयो। रणनीतिमा विभिन्न सूचक राखिएका छन् । उक्त सुचकको आधारमा जिल्ला लाइ बालस्रम मुक्त बनाउन प्रसासन बाट हुने सहयोग गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताउनुभयो।

Shaileshwori
Loading...