जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

Sayalb

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडाका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्य चौकीको सहकार्यमा बुधबार ७२ जनाको स्वास्थ्य परिक्षण गरिएको गगुडा स्वास्थ्य चौकीका सुचना अधिकारी शिशिर बोगटीले बताउनु भएको छ । जिल्ला सदरमुकाम गएर स्वास्थ्य परिक्षण गराने गरेका जेष्ठ नागरीक स्वास्थ्य चौकीमै सेवा पाएपछि खुसी भएका छन् । जेष्ठ नागरिकहरुका विभिन्न स्वास्थ्य समस्या हुने भएकाले उहाँहरुको समस्यालाई मध्येनजर गरि उक्त शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । स्वास्थ्य जाँचमा रगत परिक्षण गरिएको थियो ।

Shaileshwori
Loading...