बझाङको झनाना मोटरेवल पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न

शिवजी मण्डेल /बझाङ
बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुलमा असार मसान्तभित्र मोटर गुड्ने भएको छ । पुल निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको र १० प्रतिशत काम असार मसान्त भित्र पूरा हुने भएपछि असार मसान्तसम्म सहजरूपमा थलारा गाउँपालिकामा मोटर गुड्ने भएको हो ।

झनाना पुल निर्माण कम्पनी शर्मा बिकोई जेभिका आधिकारिक व्यक्ति नवराज थापाले १ सय १ मिटर लामो झनाना मोटरेवल पुलको पिलर निर्माण भइ ट्रस समेत बनिसकेकोले त्यसमाथि सल्याप हाल्ने र रेलिङ निर्माणको काम मात्र काम बाकी रहेको र उक्त कार्य असार मसान्तसम्म बनी सक्ने बताउनु भएको छ ।

थापाका अनुसार २ बर्खा सिजन असार साउन र भदौ बाहेकका महिना जोडी २ वर्षमा पुल निर्माणको कार्य सम्पन्न गरिसक्ने सम्झौता भएपनि स्थानीय चुनाव राष्ट्रिय चुनाव र पछिल्लो चरणमा कोरोना संक्रमणका कारण कामदार र निर्माण सामाग्री अभावका कारण समयमा पुल निर्माणमा ढिलाइ भएको हो ।

Sayalb

करिब ९ करोडको लागतमा निर्माण भइरहेको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो । सम्झौता अवधिमा पुल निर्माण कार्य सम्पन्न हुन नस्कदा एकपटक म्याद थप गरिएको थियो ।

सेती नदि वारी पारीको बझाङको भूभाग जोड्ने बझाङमा झनाना सिमार पानकोट तमैलमा मोटरेवल पुल निर्माण भइरहेका छन् । ती मध्य पानकोट पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य पुलको निर्माण कार्य भइरहेको छ ।

ती पुल सञ्चालनमा आएपछि सेती नदि वारपार गर्न सहज हुने र विकासमा गति पैदा गर्ने अपेक्षा गरिएको छ ।

Shaileshwori
Loading...