बाफीमा खानेपानी पुग्ने भएपछि, मुख्यमन्त्री भट्टलाई धन्यवाद
डोटी-बर्षाै देखी पानीको अभाब झेलिरहेका डोटीको दिपायल सिलगढी नगरपालिका वार्डा न १ बाफी तिखामा खानेपानी पुग्ने भए पछि तिखा बाफी बासिहरु खुसी हुँदै मुख्यमन्त्री त्रीलोचन भट्टलाई धन्यवाद दिएका छ्न ।
करिव तिन करोड चौतिस लाख लागतमा निर्माण सम्पन्न हुने दिपायलको दिपायल तिखा बाफी डिप बोरिङ खानेपानी आयोजना सुदुर पश्चिमकै पहिलो आधुनिक प्रबिधिको लिफ्ट खाने पानि योजना सेतिको पानी डिप बोरिङ गरेर तलबाट माथी पानी लिफ्ट गरेर माथि लगिने भएको छ । करबि १२५ घरधुरी र ९४६ जनसंख्या लाभान्वित हुने खानेपानी योजना ३ सय किलो मिटर भन्दा लामु रहेको छ ।
३० हजारको एउटा र १ लाख लिटरको अर्को गरि दुई ओटा ट्यान्की रहने उक्त योजनाबाट पानी प्युरिफाइङ्ग गरेर बाफी तिखाका १२५ घरका बितरण गरिने बताइएको छ ।
आइतबार उक्त खानेपानी योजनाको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले मोबाइल प्राविधिबाट स्वच वान गरि डिप बोरिङको सन्चालन गरेका छन । मोबाइलवाट स्वच अन गरे पछि डाडोमा पानी पुगेको थियो । पानी डाडोमा पुगेपछी गाउँले अब घर घरमा पानीको धारा हुने ढुक्क हुँदै खुसी भएका हुन ।
मोबाइल प्रबिधिबाट डिप बोरिङको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले डोटिलाई समृद्धि बनाउने काम मेरो भएको र बिकासबाट कोहिपनी बन्चित नहुने बताएका छ्न । उनले भने “,लामु समय तिखामा पानी ल्याउछौ भनेर भोट मागे तर कसैले पनि तिखालाई हेरेन्न, हामी झुटो बोल्दैनौ काम गरेर देखाउछौ , जुन कुरा सेतिको पानी तिखामा पुगे पछि प्रष्ट भएको छ ।”
योजनाको अनुगमन गर्दै काम छिटो सिद्द्ययर जनताको घर घरमा धारा छिटो जोड्न उपभोक्ता समिती र खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई मुख्य मन्त्री भट्टले निर्देशन दिनु भयो।