बझाङको छविस पाथिभेरा गाउँपालिकामा पहिलो चोटि माछापालन व्यवसाय सुरु

शिवजी मण्डेल /बझाङ

Sayalb

जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा एक युवाले माछा पालन व्यवसाय सुरु गरेका छन् । छविस पाथिभेरा गाउँपालिका वडा नं ६ का स्थानीय युवा शिवराज पुनले माछा पालन व्यवसाय सुरु गरेका हुन् । उनले आफ्नै २ लाख ५० हजारको लागतमा उक्त व्यवसाय सुरु गरेको बताउनु भएको छ । १ लाख ५० हजारमा माछा पोखरी निर्माण गरेको र १ लाखका माछाका भुरा पोखरीमा राखिएको बताउनुभयो पहिलो चरणमा ६ हजार माछाका भुरा राखेको थिए तर तीन हजार भुरा परेका समेत उनले बताए । फेरि अहिले ३ हजार माछाका भुरा थपेको छु उनले भने अहिल्यै आफ्नो माछा पोखरीमा ६ हजार माछा रहेका बताएका छन् । पहिला पहिला आफूलाई त्यति ज्ञान नभएको कारणले माछाका भुराहरू मरेका उनको भनाइ रहेको छ ।

गाउँपालिकाकै पहिला माछापालन व्यवसाय आफूले सुरु गरेको उनले भने यो व्यवसायबाट आफूलाई फाइदा हुने देखेको छु उहाँले भन्नुभएको छ । विदेश जान्छु भनेर काठमाडौं सम्म पुगे तर मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर फेरि अहिले घर फर्किएर माछापालन व्यवसाय सुरु गरेको उहाँले बताए । काठमाडौंमा यस्ता व्यवसाय गरेको देखेको र देखेकै आधारमा घरमा आएर आफूले व्यवसाय सुरु गरेको बताए । अहिले सुरुवात मात्रै रहेको र राम्रो आम्दानी भए व्यवसाय दर्ता गरेर गर्ने पनि उहाँले भने । लाखौंलाख नेपाली युवाहरू विदेशिने भएकाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सिकाउन आफूले माछापालन व्यवसाय सुरु गरेको पुन बताउनु हुन्छ ।

Shaileshwori
Loading...