सायल गाउँपालिकाले गर्यो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
प्रेम नेपाली /डोटी
सायल गाउँपालिका डोटीले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको छ ।
स्वास्थ्यको प्राविधिक दृष्टिकोणले भौगोलिक हिसाबले जिल्ला सदरमुकाम बाट टाढा रहेको सायल गाउँपालिका लाई पुर्णखोप सुनिश्चित गर्न कठिनाइ भएता पनि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मिहरुले छ वटै वडाका प्रत्येक टोल ( टोलमा गएर खोप कार्यक्रम संचालन गरि महत्वपूर्ण योगदान गरेकोले पुर्ण खोप सुनिश्चित गर्न लाई सहयोग मिलेको गाउँपालिका अध्यक्ष तथा पुर्णखोप समन्वय समिती संयोजक तेज बहादुर डुम्रेलले बताए ।
कार्यक्रमका सभा(अध्यक्ष समेत रहनु भएका अध्यक्ष डुम्रेलले १६ देखी २३ महिनाका बालबालिका हरुलाई पुर्ण खोप सुनिश्चित गराउनमा महत्वपूर्ण योगदान पुर्याउनु हुने स्वास्थ्य संस्थाका कर्मचारी , महिला स्वास्थ्य स्वयंसेविका लगायत यस गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गर्नमा सहयोग गर्नुहुने विभिन्न निकाय तथा ब्यक्तिहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।
सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवराज जोशीले पुर्णखोप सुनिश्चितताको पालिका घोषणा समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै १६ देखि २३ महिनाका बालबालिका हरुलाई पुर्ण खोप सुनिश्चित गराउने क्रममा गाउँपालिकाको वडा नम्बर १ छपालीमा ६९ जना बालबालिका , वडा नम्बर २ मा ५२ , वडा नम्बर ३ मा ८५ , वडा नम्बर ४ मा ३६ , वडा नम्बर ५ मा ३५ वडा नम्बर ६ मा ८४ गरि ६ वटै वडाका जम्मा ३६१ जना बालबालिका हरुले पुर्ण रुपमा खोप सुनिश्चित गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सुर्य बिष्टले नेपालको कानुन अनुसार सबै बालबालिका हरुले पुर्ण रुपमा खोप पाउनुपर्ने नैसर्गिक अधिकार पनि रहेकोले सोही अनुरुप हामी कर्मचारी हरुले आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको बताए । साथै आफू र आफ्नो कार्यालय मार्फत गर्नुपर्ने सहयोग आवस्यकताको आधारमा गरि रहने पनि प्रतिवद्धता ब्यक्त गरे । पुर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहमा महिला स्वास्थ्य स्वयंसेविका हरुले सन्देश मुलक देउडा गितहरु पनि प्रस्तुत गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।