पूर्बीचौकीमा रेन्बो ट्राउट माछा पालनका लागी अध्ययन
तेजबहादुर डुम्रेल/ चैत्र ३०
डोटी जिल्लाको पुर्विचौकि गाउँपालिकामा रेन्बो ट्राउट जातको माछा पालनको सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकामा पहिलो पटक रेन्बो ट्राउट माछा पालनको अध्ययन गरिएको हो ।
साजघाट पुगेको मत्स्य अनुसन्धान केन्द्रको विज्ञ टोलीले रेन्बो ट्राउट जातका माछा बारे प्रारम्भीक अध्ययन गर्दा माछा पालनका लागी उपयुक्त देखिएको केन्द्रका विज्ञ निर्मल खातीले बताउनु भएको छ । रेन्बो माछा पालनका लागि गण्डीगाडमा हावापानी मिल्ने खातीले बताउनु भएको छ । खातीले भने ‘चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाका रूपमा लिइन्छ । चिसो पानीमा पालिने भएका कारण यसको स्वाद समेत विशिष्ट किसिमको हुनुका साथै निकै राम्रो आम्दानी पनि राम्रै हुन्छ’, उनले भने, ‘चिसो पानीमा हुर्किने र हुर्काउनलाई पनि खासै मिहिनेत नचाहिने भएकाले यो माछालाई आम्दानीको प्रमुख स्रोतका रूपमा लिइने गरेको छ ।’
रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, जो तापक्रम यस पुर्वीचौकि गाउँपालिकामा उपयुक्त रहेको बिज्ञहरुको भनाई रहेको छ ।
यस पुर्वि चौकिमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछा पालन उपलब्धिमूलक हुने देखिएपछि खुसी भएको स्थानीय हरिष कुँवरले बताए ।