वडा स्तरिय पढाइ मेला कार्यक्रम सम्पन्न

बिक्रम खड्का/डोटि- सामुदायिक विकाश केन्द्र डोटि र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को साझेदारी मा संचालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम को आयोजनामा आदर्श गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा आधार भुत विद्यालयमा वडा स्तरिय १ दिने पढाइ मेला सम्पन्न भएको छ।

उक्त पढाई मेलाले प्रारम्भिक तहमा आधारभुत तहका वालवालिका हरुलाइ पडाइ प्रतिको सचेतना र स्वअध्ययन का लागि अभिप्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको सामुदायिक विकाश केन्द्र डोटि र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को साझेदारी मा संचालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत का फिल्ड अधिकृत मुरारिनाथ जोसि ले जानकारि दिनुभएको छ।

Sayalb

उक्त कार्यक्रममा आदर्श गाँऊपालिका मा रहेका दुर्गा आधारभुत विद्यालय देहिमान्डौ,नवदय आधारभुत विद्यालय भुवा ,जन्ता आधारभुत विद्यालय रोडिङ् का १देखि ३ कक्षा सम्म का विध्यार्थी को सहभागिता मा हाजिरिजवाफ, संस्कृतिक कार्यक्रम,कविता वाचन ,पठनगति, वक्तित्वकला प्रतियोगिता गरि प्रथम,दितृय, तृतीय ,सान्त्वना र सामान्य पुरस्कार वाट विध्यार्थी लाइ मनोवल र पढाई मा आत्मवल वृर्दि कालागि पुरस्कार समेत प्रदान गरिएको फिल्ड अधिकृत मुरारिनाथ जोसि ले जानकारि दिनुभएको छ।

कार्यक्रम को सभापतित्व दुर्गा आधारभुत विध्यालय का विध्यालय व्यवस्थापन समितिकाका अध्यक्ष डिल वहादुर विष्ट, प्रमुख अतिथि मा आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकाया, विशिष्ट अतिथि मा वडा नम्बर ४ का वडा अध्यक्ष नारायण पछेरा, लगायत शिक्षक,अभिभावक ,समाज सेवि, विध्यार्थी को उपस्थिति रहेको थियो।

Shaileshwori
Loading...