बझाङमा एक बालिका मृत फेला

शिवजी मण्डेल /बझाङ:

बझाङ जिल्लामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् ।जिल्लाको दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल कि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् ।
दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घरनफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा अनिता फेला परेकि जिल्ला प्रहरी कार्यक्रम बझाङले जनाएको छ ।
घटना के कारणले घटना घटेको हो भन्ने बारे जानकारी हुन नसकेको बझाङ प्रहरी निरीक्षक कमल प्रसाद चौधरी बताए ।
प्रहरी निरीक्षक चौधरीका अनुसार अहिले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ पुर्याएको छ । शवको पोस्टमार्टम भोलि गरिने छ ।
