अखिल क्रान्तिकारी डोटीद्धारा ६५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

Sayalb

डबल बम / डोटी
अखिल नेपाल स्वतन्त्र बिद्यार्थि यूनियन क्रान्तिकारी डोटीले ६५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको सचिवालयको बैठकले प्रकाश जोशीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हो । सचिवालयको बैठकले किरण अधीकारीलाई सह–संयोजक चयन गरेको छ ।
सचिवालय बैठकले माध्यामिक बिद्यालयमा इकाई कमिटी गठन गर्ने, जिल्ला सम्मेलन आयोजना गर्ने गरी जिम्मेवारी वाडफाड गरेको छ । जेठ भित्र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन गर्ने तय गरेको छ । सरर्बोच्च अदालतले माओवादी र एमालेलाई पुर्बवत अबस्थामा फर्किने फैसला भएपछी अखिल क्रान्तिकारी संगठन बिस्तारमा जाने तयारी गरेको हो ।
आगामीदिनमा पार्टी प्रतिका धारणा सर्बसाधारण जनता तथा बिधार्थिका गुनासाहरु सुनेर पार्टिलाई अझ मजबुत बनाउँनको लागि नयाँ जोश र नयाँ सोचका साथ अगाडि बढ्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बिरबहादुर थापाले बताउनु भयो ।

Shaileshwori
Loading...