दोस्रो चरण अन्तर्गत डोटीका ४१९१ जनालाइ कोरोना विरुद्धको खोप दिईने

डोटीका चार हजार एक सय ९१ जनालाई दोस्रो चरण अन्तर्गतको कोरोना भाईरस विरुद्धको खोप दिईने भएको छ । मंगलवार (आज ) बाट सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत माग १४ गते देखि २४ गते र फागुन २ गते देखि ११ गतेसम्म पहिलो चरणको खोप लगाईएका सबैलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरिक्षक सुर्य विष्टले जानकारी दिनु भएको छ ।

Sagan sahari bhawan nirman aayojana

पहिलो दिन दुई सय ९९ जनालाई खोप दिईएको छ । जिल्ला अस्पताल डोटीबाट एक सय ४९ जना, शिखर नगरपालिकाबाट ६० जना, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिका बाट ३०/३० जना, पुर्विचौकी गाउँपालिका, केआईसिंह गाउँपालिका र सायल गाउँपालिकाबाट १०/१० जनालाई कोरोना खोप लगाईएको छ ।

कोरोना भाईरस बिरुद्धको खोप दुईपटक लगाउनु पर्ने हुन्छ । डोटीमा दोस्रो चरणको खोप बैशाख १० गते सम्म दिईने छ । आज खोप दिईएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको विष्टले बताउनु भयो ।

Shaileshwori
Loading...