डोटीमा मृत अबस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

डोटी: दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बुढोबाझ बागघेरी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आदर्श गाउँपालिका वडा नं. १ बाँझकाकनीकी ४५ बर्षिय बसन्ती लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
मंगलबार भेटिएको शबको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले जानकारी दिनु भएको छ ।

Sayalb

शबलाई अहिले पोष्ट मार्टमका लागी जिल्ला अस्पताल डोटीमा राखिएको छ । शबलाई पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने सूचना अधिकारी मल्लले जानकारी दिनु भएको छ ।

बैशाख २ गतेदेखी बेपत्ता भएकी बसन्ती पुर्बिचौकी र दिपायल सिलगढी नगरपालिकाको सिमानामा पक्की सडक भन्दा करिव ८ सय मिटर शव फेला परेको हो । घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...