समुदायमा रहेका हानिकारक अभ्यासहरु न्यूनिकरणका लागि धार्मिक अगुवाहरु सँगठित

Sayalb

तेजु ओली/डोटी:  समुदायमा ब्याप्त बालबिवाह, छाउपडी प्रथा लगायतका परम्परागत हानिकारक अभ्यासहरु न्यूनिकरणका लागि धार्मिक अगुवाहरु सँगठित हुन थालेका छन् ।आज दिपायल सिलगढी नगरपालिका वडा नं ४ दिपायल मा राष्ट्रिय अन्तर धार्मिक सन्जाल डोटी को आयोजनामा जिल्ला मा रहेका सबै धर्म का अगुवा हरु संगको बैठकमा सहभागी अगुवाहरुले उक्त कुरा बताएका छन्।

 अन्तरधार्मिक सँजाल डोटी का अध्यक्ष मुक्ति नाथ जोशीको अध्यक्षतामा बोगटान फुडसील गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विरेन्द्र चन्द को प्रमुख अतिथि मा बसेको बैठकले यस क्षेत्रका बिभिन्न पालिका र  जिल्ला स्तरमा अन्तरधार्मिक सञ्जाल गठन गरेर धार्मिक अगुवाहरुलाइ सँगठित गर्ने परम्परा गत हानिकारक अभ्यास तोड्न का लागि सबै स्थानमा सबै धर्मका अगुवा तथ्याङ्क सहित लाग्ने निर्णय गरेको छ ।

स्थानीय तहहरुले समेत कुरिती बिरुद्ध बिभिन्न नितिहरु बनाएर कार्यक्रम सञ्चालन गर्दै आएका छन् । धार्मिक अगुवाहरुलाइ कुरिती अन्त्यका लागि परिचालन गर्न सके प्रभावकारी हुने सहभागी हरुले बताइएका छन ।

कुनै पनि धर्म नराम्रो नभएकाले सबै धर्म मा भएका सामाजिक कुरीति नकारात्मक परम्परा लाइ तोडन सबैले लाग्नु पर्ने बोगटान फुडसील गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विरेन्द्र चन्द ले बताउनुभयो। कार्यक्रम को समापन गर्दै मुक्ति नाथ जोशीले सबै धर्म लाइ समेटेर सरकारी तथा अन्य सघ संस्थाहरूलाइ समेत जानकारी गराउने बताउनुभयो।

Shaileshwori
Bolpatra
Loading...