भारतबाट फर्किएको एक हप्तामा दुई जनाको मृत्यु

Sagan sahari bhawan nirman aayojana

लक्ष्मी खड्का / डोटी
डोटीमा भारतबाट फर्किएका दुई जनाको एक हप्ता भित्रै मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. १ घटालीगाउँका हरिलाल जैशी भारतको गुजराँतबाट फर्किएको ५ दिनपछी बुधबार बिहान मृत्यु भएको छ । जोशी मात्रै हाईन उनका सहोदर दाई सिताराम जोशी पनि पाँच दिन अघी भारत गुजँरातको अहमदावादमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आर्दश गाउँपालिका वडा नं. १ बाँझकाकनीका ४० बर्षिय शिब खड्काको पनि भारतबाट फर्किएको एह हप्ता नहुँदै उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायलमा मृत्यु भएको छ । मृतकको टाउको दुख्ने, ज्वरो आउने, खानाको स्वाद थाहा नहुने कोरोनासंग मिल्दो रहेको आदर्श गाउँपालिकाका स्वास्थ्य संयोजक बमबहादुर खड्काले जानकारी दिनु भएको छ ।
खड्काको साथमा भारतबाट उनका श्रीमती सहित सबै जनाको पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं १ घटालीगाउँमा भने शुक्रबार श्वाब संकलनका लागी टोली जाने स्वास्थ्य कार्यालय डोटीका तेज बिक्रम शाहीले जानकारी दिनु भएको छ ।
मृतकहरु श्वाब संकलन नगरिएको र टे«सिङ गरिएको ब्यक्तीमा कोरोना पुष्टी नभएपनी भारतमा बढ्दो कोरोनाको प्रभाबका कारण कोरोना हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । भारतबाट आउने ब्यक्तीको पिसिआर परिक्षण तथा क्वारेन्टाईन ब्यबस्थापनमा सरकार उदासिन देखिएका कारण समस्या थप बल्झीने देखिएको छ ।

Shaileshwori
Loading...