हिंसा सम्बन्धि घटना बढ्दै, न्यायीक समिती भने काम बिहिन जस्तै

डोटी: घरेलु हिंसा तथा लैंगिक बिभेद सम्बन्धिका घटना पछिल्लो समयमा बढ्दै गएको बेला जिल्लाका न्यायीक समितीमा कुनै घटना दर्ता नभएको कार्यक्रमका सहजकर्ता एवं अधिबक्ता शंकर दिप मडैले बताउनू भयो ।
आज दिपायल सिलगढी नगरपालिकाको शभाहल भएको महिलाको न्यायमा पहँुच परियोजना, लैंगिक उत्तरदायी न्याय र सिमान्तकृत समुदाएको न्यायमा पहुच सम्बन्धि सामुदायिक सम्बाद कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
मडैले महिलाहरु आफु माथी परेको हिंसा लाइ बाहिर नल्यायन चाहेकाले डोटी जिल्लाका कुनै पनी स्थानिय तहका न्यायीक समितिमा आज सम्म हिंसा सम्बन्धि घटना दर्ता नभएका बताउनु भयो ।

गाँउमा हुने हरेक विकास निर्माणका काममा आफु महिला भएकै कारण ज्याला तथा अन्य काममा बिभेद खेप्दै आएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर चारकी धन्सरा आउजिले बताइन ।
त्यस्तै कार्यक्रममा बाल्दै हाल सम्म न्याययीक समितिमा सेवा लिन कोही पनी नआएकाले अब देखी घटनालाइ नलुकाइ न्यायीक समितीमा आउदा न्याय पिडितलाइ न्याय दिलाउनमा पछि नपर्ने न्यायिक समिती संयोजक तथा दिपायल सिलगढी नगरपालिकाका उप मेयर शिवराज खड्काले बताउनु भयो ।
कार्यक्रम सम विकास केन्द्र (इडिसी), दलित महिला अधिकार मञ्च नेपाल,र ल्याक नेपालको आयोजना र युएन ओमनको सहयोगमा भएको हो भने कार्यक्रमको संचालन महिलाको न्यायमा पहुँच परियोजनाका संयोजक कृष्ण बहादुर थापाले गर्नु भएको थियो ।
